राष्ट्रियसभाको भागबण्डा टुंग्याउन गठबन्धनका शीर्ष नेता बालुवाटारमा


२५ मंसिर २०८०, सोमबार
prachanda madhav deuba 12pdgtjEXw IHXnQ7sR68
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटरमा जारी छ । एनसेल प्रकरण, राष्ट्रियसभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयकलगायत विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डाका बारेमा पनि छलफल हुने जनाइएको छ ।

एनसेलको शेयर खरिद बिक्री र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७