लोकसेवाले आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत (विज्ञापनसहित)


२७ मंसिर २०८०, बुधबार
Lok sewa aayog

काठमाडौँ । लोकसेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) का लागि विज्ञापन खोलेको छ । आयोगले आज (बुधबार) एक सूचना जारी गर्दै अप्राविधिक र्फको ठूलो संख्यामा शाखा अधिकृतमा विज्ञापन खोलेको हो ।

आयागले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता लगायत पदका लागि विज्ञापन खोलिएको छ ।

इच्छुक योग्य व्यक्तिले पुस १७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

lok

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७