नेपाल सुपर लिगमा आज चितवन र धनगढी भिड्दै, इलाम वीरगञ्जसँग पराजित


२८ मंसिर २०८०, बिहीबार

काठमाडौं । नेपाल सुपर लिग नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज (बिहीबार) एफसी चितवन र धनगढी एफसी भिड्दैछन्। यी दुई टिमबीचको खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । जारी लिगमा धनगढीले पाँचौँ तथा चितवनले छैटौँ खेल खेल्दैछ।

हालसम्मका चार खेलमध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । चितवन एकमा जित, दुईमा बराबरी र दुईमा पराजय हुँदै ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ। शीर्षस्थानमा ललितपुर सीटी छ ।

हिजोको खेलमा इलाम एफसी, वीरगञ्ज युनाइटेडसँग २–१ ले पराजित भएको छ । यससँगै वीरगञ्जले लिगमा पहिलो जित निकालेको छ । खेलको १४ औं मिनेटमा सुरज बस्नेतले दिएको पासमा पेनाल्टी बक्सभित्र रहेका आशिष चापागाईंले गोल गरेका थिए । यससँगै इलामले पहिलो हाफको सुरुमै अग्रता बनायो ।

खेलको ३३ औं मिनेटमा भने वीरगञ्जले बराबरी गोल फर्कायो । लामो पासको सदुपयोग गर्दै विशोन गुरुङले लिगमा पहिलो व्यक्तिगत गोल गरेर खेललाई पहिलो हाफमै बराबरीमा ल्याए । पहिलो हाफको बाँकी समय दुवै टिमका प्रयास गोलमा परिणत हुन नसक्दा खेल एक(एक को बराबरी भएको थियो ।

दोस्रो हाफको निर्धारित ९० मिनेटसम्म पनि दुवै टिमले गोल गर्न सकेनन् । तर थपिएको अन्तिम मिनेटमा रेफ्री कबिन ब्यन्जनकारले दिएको पेनाल्टीमा विलियम ओपेकुल ओडूले गोल गरेपछि वीरगन्जले लिगमा पहिलो जित दर्ता गर्‍यो । त्यसपछि भने खेलमा तनाव उत्पन्न भयो ।

अनावश्यक पेनाल्टी दिएको भन्दै विरोध गर्दा इलामका मेनेजर उत्सव शाक्य र गोलकिपर विकेश कुथुले रेड कार्ड पाए । यो हारसँगै इलाम तालिकाको पुछारमा पुगेको छ भने पाँच अंक बनाएको वीरगन्ज एक स्थान माथि उक्लिएको छ । इलामको चार अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७