प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै


३० मंसिर २०८०, शनिबार
prachanda 2 6
तस्वीरहरु : प्रदीपराज वन्त / रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिबार) हेटौँडा उपमहानगरपालिका–९ मा रहेको मानब सेवा आश्रमको भवन उद्घाटन गर्न जाँदैछन् ।

हेटौँडामा निर्माण भएको मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकारशरण महत पनि हेटौँडा आउन लागेका आश्रमले जनाएको छ ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, बरिष्ठ कलाकार, समाजसेवी, आश्रमका अभिभावक, शुभेच्छुक र सहयोगी पनि कार्यक्रममा आउने तय भएको आश्रमले जनाएको छ ।

सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाको आफ्नै भवन अपरिहार्य भएको निष्कर्षसहित २०७१ माघ ३ गते हेटौँडा ९ लामसुरेधापमा संस्थाको भवननिर्माण कार्यको शुभारम्भ गरिएको थियो । भवन निर्माणमा हजारौँ मनकारीले सहयोग गरेका छन् । आश्रममा महिला, पुरुष, बालबालिका, अशक्त र बृद्धबृद्धाहरुलाई छुट्टाछुट्टै राख्ने गरी भवन निर्माण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७