कस्तो छ, बहुमत प्राप्त वाम सरकारको बजेट ?


१५ जेष्ठ २०७५, मंगलवार
Yubaraj Khatiwada

काठमाडौँ, १५ जेठ :  संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)  पेश गरीरहेका छन् ।

Yubaraj Khatiwada
अर्थमन्त्री डा युवराज खतिवडा संघीय संसदमा मंगलबार प्रस्तुत गरिने आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट तथा कार्यक्रम राखिएको व्याग देखाउदै

नेपाल सरकारले हरेक जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि शुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत गरीरहेका हुन् ।

नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको हो । आजकै मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरिएको छ ।

शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँ ऋण

सरकारले शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले यस्तो ऋणमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने बताए। विदेशबाट फर्किएका युवाहरुलाई सीपका आधारमा काम गर्नका लागि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। यसमा परियोजना धितो हुने छ। परियोजनाको बीमा हुने छ भने पर्याप्त धितो पनि लिइने छ।

बजेटमा ज्येष्ठ नागरिककका लागि अनिवार्य १ लाख रुपैयाँको स्वास्थ्य बीमा लागू गरिएको छ। यसैगरी जेष्ठ नागरिक आरोग्य आश्रम संचालन गर्ने ब्यबस्था गरिएको छ। बजेटमा स्वास्थ्य बीमा मुलुकभर लागू हुने बताइएको छ। स्वास्थ्य क्षेत्रको सुधारकालागि ५६ अर्ब रुपैयाँ बजेट छुट्ट्याइएको छ।  दूर्गम भेगका सुत्केरीको उपचारकालागि एयर एम्बुलेन्सको ब्यबस्था गरेको छ। अपांग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि एक अर्ब ८८ करोड सामाजिक सुरक्षाका लागि बिनियोजन गरिएको छ।

भौतिक पूर्वाधारको विकास, ऊर्जा, सिंचाई क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता दिइएको छ । यस्तै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अगाडि सारेको छ ।  बजेटले ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यसैगरी आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखिएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने, सातवटै प्रदेशबाट श्रम स्वीकृतिका लागि आवश्यक कार्यालयको व्यवस्था गरिने भएको छ ।  शिक्षा विज्ञान प्रविधिको क्षेत्रमा रु एक खर्ब ३४ अर्ब बजेट विनियोजन गरिएको छ । यस्तै विद्यार्थीलाई पाँच प्रतिशत व्याजमा रु सात लाखसम्मको शैक्षिक ऋण दिने कार्यक्रम समेत बजेटमा समावेश छ ।

खतिवडाले आगामी वर्षका लागि स्वास्थ्यमा ५६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् । बजेट भाषणमा उनले मुलुकभर बीमा सेवा लागु गरिने बताएका छन् । यस्तै गर्भवतीलाई स्वास्थ्य जाँच गराउन आउँदा पाउने यातायात खर्चलाई दोब्बर बनाइएको छ । स्थानीय तहको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्य लिइएको छ । जस अनुसार १२ सय स्वास्थ्य संस्था स्थापना गर्न स्थानीय तहकालागि ४ अर्ब बजेट विनियोजन गरिएको छ ।

३ वर्षभित्र धरहरा र रानीपोखरी निर्माण

अर्थमन्त्री खतिवडाले भूकम्पका कारण ढलेको धरहरा र भत्किएको रानीपोखरी तीन वर्षभित्र निर्माण गर्ने बताएका हुन् । यस्तै सरकारले स‌ंघीय स‌ंसदको भवन निर्माणका लागि समेत बजेट विनियोजन गरेको बताएका छन्।

खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै इजाजत लिएरमात्रै घर जग्गा खरिद बिक्री गर्न पाउने व्यवस्था मिलाइएको घोषणा गरेका छन् ।

 

कर्मचारीको तलब बढेन महँगी भत्ता र पोशाक भत्ता बढ्यो
काठमाडौं, १५ जेठ सरकारले यो वर्ष पनि कर्मचारीको तलब बढाएन तर, सरकराले कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता वितरण दिने भएको छ । तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने अर्थमन्त्री डा युवारज खतिवडाले घोषणा गरेका हुन् ।
यसअघि महँगी भत्ता १ हजार दिँदै आएकोमा १ हजार थप गरी भत्ता २ हजार पुर्याइएको हो।

यसैगरी सरकारले कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्यारएको छ। कर्मचारीको तलब पुनरावलोकन गर्न समिति गठन गर्ने पनि खतिवडाले घोषणा गरेका छन्।

कर्मचारीको बीमा २ लाख पुर्याइएको जसमा ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने र ५० प्रतिशत कर्मचारीले व्यहोर्ने गरी बजेटमा ब्यबस्था गरिएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७