काभ्रेमा एयरपोर्ट बन्ने, निजगढ भैरहवा र पोखरा प्राथमिकतामा, दाङमा बैकल्पिक एयरपोर्ट


१५ जेष्ठ २०७५, मंगलवार

काठमाडौ, १५ जेठ । सरकारले दाङ र काभ्रेपलाञ्चोकमा बैकल्पिक विमानस्थल निर्माणका साथै हवाइ क्षेत्रको सु्धारका लागि १९ अर्ब ३५ करोड बजेट छुट्याएको छ । यसैगरी प्राथमिकताका साथ निजगढ, पोखरा र भैरहवा बिमानस्थलको निर्माण अघि बढाउने भएको छ ।khatiwada

यसका साथै क्षेत्रीय रुपमा बिराटनगर, जनकपुर, धनगढी लगायतका क्षेत्रमा क्षेत्रीय हवाइस्थल बनाउने ब्यबस्था उल्लेख गरिएको छ । यसैगरी दाङमा बैकल्पिक बिमानस्थल बनाउन अध्ययन अघि बढाउने भएको छ । बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको चाप कम गर्नका लागि काभ्रेमा आन्तरिक बिमानस्थल बनाउने कार्यलाई अघि बढाउने ब्यबस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७