विज्ञापन गर्नुअघि लोकसेवाले माग्यो नासु र खरिदारको रिक्त दरबन्दी विवरण


४ पुष २०८०, बुधबार
loksewa

काठमाडौँ । सरकारले नायब सुब्बा र खरिदारको रिक्त दरबन्दीको विवरण उपलब्ध गराउन परिपत्र गरेको छ ।
लोकसेवा आयोगले विज्ञापन जारी गर्नुअघि सरकारका सबै निकायलाई प्राविधिक र अप्राविधिक दुवैतर्फ नासु र खरिदारको रिक्त दरबन्दी विवरण मागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय किताबखाना (निजामती) र निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) लाई परिपत्र गर्दै लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम (अप्राविधिक) श्रेणीका पद, राजपत्रअनंकित प्रथम (प्राविधिक) श्रेणीका पद र राजपत्र अनंकित द्वितीय (अप्राविधिक) श्रेणीका पद र राजपत्रअनंकित द्वितीय (प्राविधिक) श्रेणीका रिक्त पदको विज्ञापन हुने भन्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन परिपत्र गरेको छ ।
हेर्नुस् पत्र

l

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७