बजेटमा कर्मचारीको समस्या सम्वोधन, महँगी र लुगा भत्ता पाउने


१५ जेष्ठ २०७५, मंगलवार
karmachari 1519441584

काठमाडौ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीहरुको समस्या कसरी सम्वोधन गर्लान् भन्ने चासो बढिरहेका बेला आव २०७५–७६ को बजेटले कर्मचारीका समस्यालाई सम्वोधन गरेको छ ।karmachari 1519441584

सरकराले कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता वितरण गर्ने भएको छ । तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने अर्थमन्त्री डा. युवारज खतिवडाले घोषणा गरेका छन् ।

यसै गरी सरकारले कर्मचारीको पोसाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्‍याएको छ । कर्मचारीको तलब पुनरावलोकन गर्न समिति गठन गर्ने पनि खतिवडाले घोषणा गरेका छन् । कर्मचारीको बीमा २ लाख पुर्‍याइएको जसमा ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने र ५० प्रतिशत कर्मचारीले व्यहोर्ने गरी बजेटमा ब्यबस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७