पहाडी भू–भागमा आंशिक बदली, तराईका थाेरै स्थान हुस्सु


१० पुष २०८०, मंगलवार
hussu scaled

काठमाडौँ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज (मंगलबार) दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७