परीक्षा दिन स्कुल हिंडेकी १४ वर्षीया करुणा सम्पर्कविहीन, चिन्तामा परिवार


११ पुष २०८०, बुधबार
karuna

तेह्रथुम । तेह्रथुममा परीक्षा दिन घरबाट स्कुल हिँडेकी एक १४ वर्षीया किशोरी सम्पर्कविहीन भएकी छन् । जिल्लाको फेदाप गाउँपालिका–३ बस्ने कक्षा १० मा अध्ययनरत १४ वर्षीया करुणा ठटाल दुई दिनदेखि सम्पर्कविहीन भएकी हुन् ।

बालिकाका बुबा बेनकुमार ठटालकाअनुसार करुणा पुस ९ गते बिहानै घरबाट विद्यालय जाँदै गर्दा हराएकी हुन् । करुणा परीक्षा दिन बिहान स्कुल गएप नि घर नफर्केको उनले बताएका छन् । पुस ९ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुममा औपचारिक उजुरी समेत दिइएको छ ।

उनले रातो कुर्ता–सुरुवाल लगाएकी छन् भने कालो झोला बोकेकी थिइन् । करुणाको अवस्थाबारे जानकारी भएमा बेनकुमार ठटालको फोन नम्बर ९८४२३१३३२०६ वा भीम दमाईको नम्बर ९८४२७७४२४३ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ । परीक्षा दिन विद्यालय गएकी छोरी एकाएक सम्पर्कविहीन भएपछि ठटाल परिवार चिन्तामा परेको छ । करुणा ठटालको खोजीमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमलगायत स्थानीय निकाय सक्रिय छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७