मकवानपुरको मानव सेवा आश्रममा दुई जनाको मृत्यु


१२ पुष २०८०, बिहीबार
aasram

मकवानपुर । मानवसेवा आश्रममा दुई दिनको अन्तरमा दुई जनाको मृत्यु भएको छ । मकवानपुर हेटौडा–९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको हो ।

आश्रममा बस्दै आएका २५ वर्षीय अमित विश्वकर्माको बिहिबार बिहान मृत्यु भएको हो । सोही आश्रममा बस्दै आएकी १९ वर्षीया पुजा मानवको मंगलबार (१० गते ) मृत्यु भएको थियो । अमितलाई असार २७ गते मकवानपुर बकैया गाउपालिका–३ हात्तिसुडेबाट उद्धार गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जानकारी दिए ।

‘कालगतिले मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ,हामी बुझ्दैछौं’ एसपी रिजालले भने । उनका अनुसार दुई दिनअघि मृत्यु भएको पुजालाई २०७६ मंसिर १ गते बाग्लुङबाट उद्धार गरेर ल्याइएको थियो । उनको पनि कालगतिले मृत्यु भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको एसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७