अब कोरिया जान सहज, कोरियाले दियो यस्तो अवसर


१६ जेष्ठ २०७५, बुधबार
eps 11

काठमाडौं, १६ जेठ । कोरिया जानका लागि धेरै पटक भाषा परीक्षा लेखेर पनि असमर्थ भएकाहरुलाई अब भने केहि सहज हुने भएको छ ।eps 11

धेरै प्रतिष्पर्धीकाबीच कडा प्रतिष्पर्धा गर्नु पर्दा क्षमता भएर पनि नाम ननिस्किएकाहरुलाई केहि राहत मिल्ने गरी कोरिया सरकारले नेपालका लागि कोटा बढाउने भएको छ । दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (ईपीएस) को कोटा सन् २०१९ का लागि १० हजार २ सय तोकिएको राजदूत अर्जुनजंगबहादुर सिंहले जानकारी दिएका छन् ।

मंगलबार सोलमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । सिंहले अघिल्लो वर्षको तुलनामा कोटा बढेको बताएका छन् । यसै वर्ष नेपाल र कोरियाबीच ईपिएसको पुनः सम्झौता गरिने उनले जनाए । २००७ सालबाट शुरु भएको ईपीएसको हरेक दुई वर्षमा सम्झौता नवीकरण हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७