सांसद राजेन्द्र राईले भने–गृहमन्त्री ज्यू अब तपाईंले खुरुक्क राजीनामा दिनुस्


१६ पुष २०८०, सोमबार
rajendra rai
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताएका छन् ।

samsadiya

उनले भने, ‘घटनाको छानबिनका लागि समिति पनि बन्यो । तलका मान्छेलाई कारबाही पनि गर्‍यो । अब यसो गरौँ मन्त्री ज्यू तपाईले खुरुक्क राजीनामा दिनुस् । सबै भन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस् । राजीनामा दिनै पर्‍यो नि ! विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी ताकी गोली हाल्ने तपाइँले राजीनामा नदिए कसले दिन्छ ?

छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । उनले थपे, ‘तपाईले राजीनामा दिएपछि मात्रै छानबिन समितिले राम्रोसँग काम गर्न सक्छ । समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्नुपर्छ कि सरकाले गोली हान्नु पर्छ ? ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? रोजगारका लागि विदेश जान पाउनु पर्छ भनेर भन्नेलाई मार्न मिल्छ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७