रूसी सेनामा रहेका थप तीन नेपालीको मृत्यु, ज्यान गुमाउनेको संख्या १० पुग्यो


१७ पुष २०८०, मंगलवार
russia
सांकेतिक तस्वीर

काठमाडौं । रुसी सेनामा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनी सेनाको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका छन् । यसअघि रूसी सेनामा रहेका सातजना नेपालीको मृत्यु भइसकेको छ । योसँगै हालसम्म रूसी सेनामा रहेका १० जना नेपालीको मृत्यु भएको छ । यस्तै, चार जना नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७