बालेनले गरे सचिवालय प्रमुखसहित तीन कर्मचारीलाई निलम्बन


१७ पुष २०८०, मंगलवार
Balen 1

काठमाडौं । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बित भएका छन् ।

मेयर बालेन (बालेन्द्र) शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । ‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, स्रोतले भन्यो । मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् ।

महानगरपालिका स्रोतका अनुसार महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशंका छ । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी समेत यो प्रकरणमा जोडिएपछि मेयर आफैले यसको छानबिन थालेका हुन् । कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि उनीहरु छानबिनमा तानिएको स्रोतको भनाइ छ ।

सो स्वास्थ्य प्रवर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेकोमा यसवर्ष सहायता बन्द भएको थियो । सेवा सञ्चालन गरिराख्न कार्यपालिका बैठकले जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर, निर्णय लेखिँदा संख्या थप भएपछि मेयर साहले नै यसबारे छानबिन थालेका हुन् । ‘एक कर्मचारीको छोरीलाई जागिर दिलाउन मिलेमतोमा संख्या थपिएको पाइएको छ’, स्रोतले भन्यो, ‘कार्यपालिकाको निर्णय नै तोडमोड गर्ने अधिकार कसैलाई हुँदैन ।’

१९ नम्बर वडाका वडाध्यक्ष राजेशकुमार श्रेष्ठले ५ जना मात्रै कर्मचारीलाई निरन्तरता दिन प्रस्ताव गरिएको र कार्यपालिकाले पनि त्यही निर्णय गरेको बताए । महानगरका प्रवक्ता नवीन मानन्धरले यसबारे बोल्न नमिल्ने बताए । ‘मेयरसा’ बले नै छानबिन अघि बढाउनु भएको छ’, उनले भने, ‘छानबिन नसकी यसबारे केही भन्न मिल्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७