जङ्गली हात्तीको लस्कर गाउँ छिरेपछि उर्लाबारीमा त्रास


१९ पुष २०८०, बिहीबार
elephant

मोरङ । मोरङको रतुवामाई र उर्लाबारी नगरपालिकामा जंगली हात्तीको लस्कर बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । रतुवामाई नगरपालिका–९ स्थित झर्ना टोल हुँदै वडा नम्बर १० को गोप्पेश्वर मन्दिरको रिङरोडबाट हात्ती उर्लाबारीतिर गएको छ । नौं वटा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयका अनुसार आज बिहान हात्ती रतुवामाईको ९ र १० हुँदै उर्लाबारीतर्फ गएको हो । प्रहरीका अनुसार उर्लाबारी ९ बाट बक्राहा खोलातिर गएका हात्ती फेरि उर्लाबारी– ८ को कदम टोली प्रवेश गरेको छ । उर्लाबारी ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानका अनुसार हात्ती अहिले बक्राहा खोलातिर जाँदैछ । हात्तीले कुनै मानवीय र धनजनको क्षति भने गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७