चेतन एडीका हत्या आरोपी ६ जनालाई सर्वोच्चले साधारण तारेखमा छाड्यो


२० पुष २०८०, शुक्रबार
ad

काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप एडीका हत्या आरोपी साधारण तारेखमा रिहा भएका छन् । सर्वोच्च अदालतले ६ जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले हत्या आरोपीहरू जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई साधारण तारेखमा रिहा गरेको हो । उनीहरूलाई पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेश बदर गरिएको सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई भने थुनामै राख्न आदेश गरेको हो । चेतनको २०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुरामा काँग्रेस कार्यकर्ताले कुटपिट गरी घरमै हत्या गरेका थिए ।
जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो। तीमध्ये पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७