सर्लाहीको बरहथवामा फेरि कर्फ्यु, प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा


२२ पुष २०८०, आईतवार
sharlahi ghatana

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्र बतानव बढेपछि स्थानीय प्रशासनले पुनः कर्फ्यु आदेश जारी गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आज (आइतबार) दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको हो ।

प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आठ सेल अश्रुग्यास हानेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र सिंह थारुले जानकारी दिए । गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्युपछि शनिबार बिहान ८ बजेदेखि २४ घण्टाका निम्ति निषेधाज्ञा जारी गरिएको थियो ।

‘‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै मिति २०८०/०९/२२ गते दिउँसो १२ः४५ बजेदेखि मिति २०८०/०९/२३ गते बिहान ८ः०० बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) (ख) र दफा ६ को (२) (३) (४) बमोजिम देहायको क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरिएको छ’, आदेशमा उल्लेख छ, ‘आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।’

cr

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७