टुँडिखेलमा साकेला उधौली (फोटोफिचर)


२२ पुष २०८०, आईतवार
sakela covar scaled

काठमाडौं । किरात समुदायले काठमाडौंको टुँडिखेलमा उधौली पर्व साकेला नाचेर मनाएका छन्। मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबारबाट किरात समुदायले उधौली पर्व मनाउन शुरु गरेका हुन्।

किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । उभौली चाड शनिबार किरात राई यायोख्खा जिल्ला कार्यसमिती काठमाडौंको आयोजनामा टुँडिखेलमा भब्यताका साथ मनाईएको छ ।

sakela udhauli 8 scaled

देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसिरहेका किराती राई तथा सुनुवारहरुले टुडिखेलमा ‘साकेला शिली’ नाच्दै शुभकामना आदान प्रदान गर्दे शनिबार भव्यताका साथ मनाएको हो । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती पनि उपस्थित थिए।

साकेला पर्वको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ ,दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच नाच्ने गरिन्छ । साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।

sakela udhauli 7 scaled

टुडिखेलमा युवा युवतीसँगै अधिकांश उपस्थित समुदायले परम्परागत पहिरनमा सजिएर आएका थिए । किरात राईहरुको ऐतिहासिक थलो मानिएको ठाउँमा पूजाआजा गरिएसँगै महिना दिनसम्म साकेला पर्व मनाइने प्रचलन छ । साकेला प्रदेश नं. १ का सबै जिल्लामा, काठमाडौं उपत्यकाका तीन जिल्ला र किराती समुदाय स्थायी र अस्थायी रुपमा बसोवास गरिरहेका अन्य प्रदेश तथा विदेशमा भव्य रुपमा मनाइन्छ ।

sakela udhauli 11 scaled

किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ। प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे ।

मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबारबाट किरात समुदायले उधौली पर्व मनाउन शुरु गरेका हुन्। किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ ।

sakela udhauli 4 scaled

जाडो बढेपछि बेसीतिर झर्ने भएकोले उधौली र गर्मी शुरु भएपछि लेकतिर लाग्ने भएकोले उभौली नाम राखिएको किरातीहरु बताउँछन्। खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रोहोस भनी पुजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्याङ्ग्रा, चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने गरिन्छ। किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन्।

sakela udhauli 8 1 scaled

तस्बिरहरूः 

sakela scaled
sakela udhauli 13 scaled
sakela u scaled
sakela 3333 scaled
sakela 222 scaled
sakela udhauli 2 scaled
sakela udhauli 10 scaled
sakela udhauli 9
sakela udhauli 6 scaled
sakela udhauli 3 scaled
sakela udhauli 5 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७