२०८० पुस २४ गते मंगलबारको तपाईको राशिफल

पुष कृष्ण त्रयोदशी पञ्चाङ्ग : वृद्धि गर ज्येष्ठा


२४ पुष २०८०, मंगलवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचे जस्तो लाभ नमिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अध्ययन क्षेत्र कमजोर हुनसक्छ । माया प्रेम तथा पति पत्नीबीचमा अरुको नकारात्मक टिकाटिप्पणीले अविश्वास बढ्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभ–हानी, सुख–दुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज श्रमको उचित मूल्याङ्कन होला । शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा बढी सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्ने छ । स्वास्थ्यमा सुधार आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने छ । कृषि क्षेत्रमा बढी प्रगति होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि पनि मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफन्तसँगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यमा सरिक हुने योग पनि रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्ने छ । दक्षिणा पनि हात पर्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आँटेको कार्यबाट सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत पनि बढ्ला, तर खानपिन र स्वास्थ्यप्रति सावधानी रहन आवश्यक छ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७