भुटानमा छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत


२५ पुष २०८०, बुधबार
bhutan pm

काठमाडौं । भुटानमा भएको संसदीय निर्वाचनमा पूर्व प्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले बहुमत प्राप्त गरेको छ ।

कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी बीटीपी १७ स्थानमा विजयी भएको छ । मंगलबार बिहान ८ बजे सुरु भएको मतदान साँझ ४ बजेसम्म चलेको थियो । भुटानको संसद् नेसनल एसेम्बलीका ४७ सिटका लागि आज मतदान भएको हो ।

दोस्रो चरणको निर्वाचनमा ४७ स्थानका लागि दुई प्रमुख दलहरु पीडीपी र बीटीपीका ९४ उम्मेदवार प्रतिस्पर्धामा थिए । गत नोभेम्बरमा भएको पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत ल्याउने यी दुई दलबीच दोस्रो तथा अन्तिम चरणको प्रतिस्पर्धा भएको हो । पहिलो चरणको मतदानपछि तीन दल प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

१५ वर्षअघि अर्थात सन् २००८ मा प्रजातन्त्र स्थापना गरिएयता भुटानमा भएको यो चौथो संसदीय निर्वाचन हो । तत्कालीन राजा जिग्मे सिंघे वाङचुकले अक्सफोर्ड विश्वविद्यालय पढेका आफ्ना छोरा जिग्मे खेसर नामग्याल वाङचुकलाई राजगद्दी सुम्पिएको दुई वर्षपछि भुटानमा पहिलो संसदीय निर्वाचन भएको थियो । भुटानको जनसंख्या करिब आठ लाख ६ भने करिब ५ लाख मतदाता छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७