रामबहादुर बम्जनको घरमा भेटिएको १७ देशका पैसाको चाङ (तस्वीरहरु)


२५ पुष २०८०, बुधबार
Ram bdr money cover

काठमाडौं । प्रहरीले पक्राउ गरेका तपश्वी रामबहादुर बम्जनको घरमा विभिन्न १७ देशका पैसाको चाङ नै भेटिएको छ ।
बम्जनको निवासबाट तीन करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

Ram bahdur bamjan paisa2

प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा मंगलवार बेलुका (हिजो) उनको काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गर्न सफल भएको थियो । थप अनुसन्धानको क्रममा उनको घरबाट ठूलो धनराशी बरामद गरिएको पनि सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दि ए। उनका अनुसार बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६ हुन्छ । त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ ।

GDd6C WUAA pha

एसएसपी आचार्यले भने, ‘लामो अनुसन्धान र प्रयासपछि केन्द्रिय अनुसन्धान ब्युरोद्वारा रामबहादुर बम्जन भनिने रामलाल बञ्जनलाई हिजो बेलुकी हात्तिगौँडाबाट पक्रिन सफल भएका छौं । विशेष गरेर २०७६ सालमा सर्लाहीमा एक जना नाबालिकालाई बालयौन दुराचार बलात्कारको केशमा निज रामबहादुर बञ्जनको खोजी भईरहेको अवस्था थियो । यसै सन्दर्भमा विभिन्न मानिसहरु पनि हराइरहेको भन्ने सूचना पनि प्रहरीसँग आएको थियो ।’

Bomjan

उनले भने, ‘निज बम्जनको खोजी केन्द्रिय अनुसन्धान ब्यूरेले लामो समयदेखि गरिरहेको अवस्था हो। र यसै पक्राउको सन्दर्भमा हिजो निजलाई पक्राउ गर्दाखेरी निजको निवासबाट ठूलो संख्यामा नेपाली रुपैयाँ टोटल ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ विभिन्न देशका मुद्राहरुको नेपाली रुपैयाँमा कन्भर्ट गर्दाखेरी ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको थियो। र यो नगदको साथसाथै अन्य थुप्रै सामानहरु बरामद गरिएको छ । जसमा मोबाइल १४ थान, आईप्याड ५ थान र निजको साथमा २ वटा गाडीहरु र ४ वटा मोटरसाइकल पनि रहेको पाइएको छ । थप अनुसन्धानको काम पनि भइरहेको छ ।’

Ram bahdur

ब्युरोले आज पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीमाथि आफ्ना चेलाहरुको हत्या गरेको आरोप पनि लगाइएको छ । त्यसैगरी बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशीबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७