रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवाको मृत्यु


२६ पुष २०८०, बिहीबार
Sonu Sunar

काठमाडौं । रुसी सेनामा भर्ना भर्ती भएका थप एक नेपाली युवाको ज्यान गएको छ । मृत्यु हुनेमा प्युठानको प्युठान नगरपालिका–४ काठेवरका सोनु सुनार रहेका छन् ।

उनको युक्रेन–रुस युद्धमा मृत्यु भएको खबर आएको हो उनका छिमेकी खगेश्वर थापाले जानकारी दिएका छन् । सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको उनले बताए । मृतक सुनार दुई वर्षअघि दुबई गएका थिए, उनी उतैबाट उतैबाट रुस गएका बुझिएको छ । थापाले यसबारेमा परराष्ट्र मन्त्रालयमा जानकारी गराएको बताएका छन् ।

नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सुनारप्रति श्रदाञ्जली दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छुँ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७