हामी सँधै सत्ता गठबन्धनकै मात्र भर नपरौं : अध्यक्ष नेपाल


२७ पुष २०८०, शुक्रबार
madhav nepal
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको रुपान्तरणका लागि अन्तिम विकल्प लेनिनवादी र माक्र्सवादी कम्युनिष्टहरु भएको बताएका छन् । पौष २७ शुक्रबार नेकपा एसको भातृसंगठन नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठनको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सम्वद्ध संघ संगठनहरुले समाज रुपान्तरणको अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

‘समाज रुपान्तरणका लागि भूतुपूर्व सैनिक तथा प्रहरी संगठन जस्ता पार्टी संवद्ध संगठनहरुले महत्वपूर्ण भूमिका खेलेका छन्’, अध्यक्ष नेपालले भने, ‘समस्याहरु हुन्छन्, तर आत्तिनु हुँदैन । फेरि आत्तिनु हुँदैन भनेर बेवास्ता पनि गर्नु हुँदैन । हरेक समस्याको हल खोज्नुपर्छ । राम्रो काम गर्ने र जिम्मेवारी पुरा गर्ने पार्टी संगठन र संगठनमा आवद्ध मान्छेलाई हामी प्रेरित गर्नेछौं ।’

फरक प्रसंगमा बोल्दै अध्यक्ष नेपालले मौसम अनुसारको बाजा बजाउनु पर्ने टिप्पणी गरेका छन् । मुलुकमा रहेका तमाम समस्याहरुको समाधानका लागि समय र परिस्थिति अनुसार गतिशिल हुनुपर्ने उनको भनाई थियो । उनले भने, ‘हामीसंग प्रष्ट विचार छ । यसकारण समाज रुपान्तरणका अभियानमा अघि बढेका छौं, पार्टीभित्रका समस्याहरु समाधानका लागि केन्द्रीय कमिटी बैठक, केन्द्रीय परिषद्मा छलफल गरेर समाधान खोज्नतर्फ उन्मुख छौं । ’

अध्यक्ष नेपालले मुलुकको कानून संशोधनका लागि पनि छलफल चलाउन आवश्यक रहेको बताएका छन् । कानून परिवर्तनका लागि सबैजनाले आफ्नो राय र सुझाव आवश्यक रहेको उनको भनाई छ । त्यस्तै, उनले सँधै सत्ता गठबन्धनकै भर पर्न नहुने तर्क गर्दै आउँदो निर्वाचनमा पार्टीले एक्लै जित हासिल गर्नेगरि काम गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७