भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि इलामका बिनोद राईलाई


२७ पुष २०८०, शुक्रबार
Binod Rai

काठमाडौं : भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा इलामका राईले उपाधि उचालेका हुन् ।

बिजेता राई कोच मिलन नेवार समूहको हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७