न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च परिसरमै गरिन् आत्मदाहको प्रयास


२९ पुष २०८०, आईतवार
giri rawal 400x220 1
फाइल फोटो

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले केहीबेरअघि आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि प्रहरीले रोकेको थियो । प्रहरीसले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको जनाएको छ । उनले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् । यसअघि पक्राउ परेका गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७