सुपर कपको उपाधि रियल मड्रिडलाई


१ माघ २०८०, सोमबार
Super Cup

काठमाडौं । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । सोमबार विहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४–१ गोलको एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो ।

स्पेनलाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले एक गोल थपेका थिए । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे । रियल मड्रिडका लागि जुनियरले सातौं मिनेटमा जुड बेलिङघमको पासमा गोल गर्दै अग्रता दिलाए । जुनियरले १० औं मिनेटमा रोड्रिगोको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरेका थिए ।

तर, ३९ औं मिनेटमा जुनियरले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियल ३–१ ले अघि बढेको थियो । ६४ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत पहिलो गोल गर्दा रियल मड्रिड ४–१ ले अघि बढेको थियो । ७१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

रोनाल्ड अरुगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए । त्यसपछि थप गोल नभएप्छि शानदार जितका साथ रियलले सुपर कपको उपाधि कव्जा गर्न सफल भयो । जितसँगै गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला पनि रियलले लिएको छ । सुपरकपको उपाधि सर्वाधिक जित्ने टोली बार्सिलोना हो भने दोस्रो स्थामा रियल मड्रिड रहेको छ । बार्सिलोनाले अहिलेसम्म १४ पटक उपाधि जित्दा रियलले १३ पटक जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७