सुर्खेतमा युवक मृत भेटिए : हत्याको आशंका, तालिमप्राप्त कुकुरसहित पुग्यो प्रहरी टोली


२ माघ २०८०, मंगलवार
hatya surkhet

सुर्खेत । सुर्खेतमा एक युवक मृत भेटिएका छन् । पञ्चपुरी नगरपालिकामा सोही नगरपालिका–६ का १८ वर्षीय भरत बुढा मृत फेला परेका हुन् । उनी घर नजिकै मृत फेला परेका हुन् । उनको हत्या भएको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय बाबियाचौरबाट र बाँकेको कोहलपुरबाट खाटिएको प्रहरी टोलीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । मृतक युवक शरीरका विभिन्न भागहरूमा चोट लागेको अवस्थामा फेला परेका हुन् । गए राति १ बजेको समयमा बुढा मृत फेला परेको खबर आफूहरुलाई जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले भने ‘खबर पाउने बित्तिकै इलका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटना शंकास्पद देखिएकाले जिल्ला प्रहरी कार्यालयबाट थप टोली बिहान परिचालन गरिएको छ ।’

यस्तै घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा आफै खटिएका छन् । एसपी थापाको टोलीसँगै कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पञ्चपुरी पुगेर अनुसन्धान थालिरहेको छ । प्रहरीका अनुसार युवकको शव घटनास्थलमै रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७