माल्टा पठाई दिने भन्दै ४३ लाख उठाएपछि बेपत्ता युवती पक्राउ


२ माघ २०८०, मंगलवार
mayadevi rana

काठमाडौँ । रोजगारीका लागि माल्टा पठाई दिने लोभ देखाएर ४३ लाख रुपैयाँ उठाएपछि बेपत्ता बनेकी एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पाल्पाको बग्नासकाली गाउँपालिका–१ घर भएकी ३० वर्षीया मायादेवी राना हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनले राम्रो काम र दाम हुने र माल्टा जान आठ लाख लाग्ने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुबाट ४३ लाख रुपैयाँ लिएर फरार भएकी थिइन् । मासिक डेढ लाख रुपैयाँ आम्दानी हुने प्रलोभन देखाएर माल्टा जाने भन्दै युवा युवतीले मायादेवीलाई रकम बुझाएका थिए । पक्राउ परेका मायादेवीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७