बढ्यो घर–जग्गा कारोबार, पुसमा तीन अर्ब २० करोड राजस्व


२ माघ २०८०, मंगलवार
jagga 5

काठमाडौं । सरकारले घर जग्गा कारोबार नीतिलाई सहज बनाएसँगै किनबेच बढ्न थालेको छ । चालु आर्थिक वर्षको पुसमा मंसिरको तुलनामा घरजग्गा कारोबार बढेको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार पुसमा ४५ हजार २७७ पटक घरजग्गा कारोबार (लिखित पारित) भएको छ भने तीन हजार ९०९ पटक नामसारी भएको छ । गत मंसिरमा भने ४१ हजार ८५१ पटक घरजग्गाको कारोबार भएको थियो । त्यस्तै, तीन हजार २२४ पटक नामसारी भएको थियो ।

यसरी नामसारी र कारोबार बढ्दा मंसिरको तुलनामा सरकारले पाउने राजस्व पनि बढेको छ । पुसमा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । मंसिरमा भने दुई अर्ब ८६ करोड ५० लाख रुपैयाँ राजस्व सरकारलाई प्राप्त भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७