पाकिस्तानले इरानस्थित आफ्ना राजदूतलाई फिर्ता बोलायो


४ माघ २०८०, बिहीबार
Pakistan Iran

काठमाडौं । इरानले दुई जनाको ज्यान जाने गरी आक्रमण गरे लगत्तै पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको छ । इरानले बलोचिस्तान प्रान्तमा क्षेप्यास्त्र प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएपछि पाकिस्तान आक्रोशित बनेको हो ।

हमलालगत्तै पाकिस्तानले इरानी आक्रमणको निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रायले दुई देशबीचको वर्तमान र भविष्यमा हुने सबै उच्चस्तरीय ‘भ्रमण रद्द’ भएको घोषणा गरेको छ । इस्लामावादस्थित विदेश मन्त्रालयले आफ्नो हवाइ सीमाको हवाइ उल्लंघन पूर्णतया स्वीकार्य नहुने भन्दै त्यसको सम्भावित ‘गम्भीर परिणाम बेहोर्नुपर्ने’ चेतावनी दिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७