थाइल्याण्डको पटाका कारखानामा विष्फोट, २३ जनाको मृत्यु


४ माघ २०८०, बिहीबार
1 thai pataka blast PFmyvzcPdC

काठमाडौं । मध्य थाइल्याण्डमा एक पटका कारखानामा विष्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । विष्फोट स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो ।

सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजल समूह (ईओडी) लाई उद्धृत गर्दै एएफपीलाई भने, ‘हामीले इओडी टोलीबाट २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त गरेका छौँ । विष्फोटको कारणबारे कुनै संकेत प्राप्त भएको छैन ।’

विष्फोटको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । प्रहरी अधिकारीहरूका अनुसार छेउछाउका क्षेत्रमा कुनै क्षति भएको छैन । प्रधानमन्त्री श्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त गरेका छन् । उनले कारखाना अवैधरूपमा सञ्चालन भइरहेको थियो वा थिएन र घटनाको कारणबारे पनि छानबिन गर्न आदेश दिएका छन् ।

थाइल्याण्ड मा पटका र अन्य आतशबाजी उत्पादन गर्ने कारखानाहरूमा विष्फोट असामान्य होइन । गत वर्ष दक्षिणी नाराथिवाट प्रान्तको सुङ्गई कोलोक सहरमा एउटा आतशबाजीको गोदाममा विष्फोटपछि कम्तीमा १० जनाको मृत्यु भएको थियो । गत वर्ष नै उत्तरी सहर चियाङ माईमा पटका कारखानामा विष्फोट हुँदा ११ जना घाइते भएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७