मणिपुरमा फेरि चर्कियो हिंसा : सुरक्षाकर्मीसहित आठ जना मारिए


५ माघ २०८०, शुक्रबार
manipur

काठमाडौं । भारतको मणिपुर राज्यमा फेरि हिंसा सुरु भड्किएको छ । बिहीबार र बुधबार राति भएका हिंसामा ५ सर्वसाधारण र तीन सैनिकको मृत्यु भएको छ । त्यसको एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

दुई दिनको हिंसामा सात जनाको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएका थिए । राज्यमा आठ महिनादेखि जारी हिंसा रोकिने संकेत देखिएको छैन । मणिपुर प्रहरीका अनुसार जनवरी १८ मा विष्णुपुर जिल्लाको निङ्थौखोङ खा खुनोमा अज्ञात समूहले चार सर्वसाधारणको हत्या गरेका हुन् । घटनाको अनुसन्धान जारी रहेको र दोषीलाई पक्राउ गर्ने प्रयास भइरहेको मणिपुर प्रहरीले जनाएको छ ।

यसअघि जनवरीको १७ अबेर राति मणिपुर प्रहरीले चरमपन्थीहरूले योजनाबमोजिम सुरक्षा बलविरुद्ध आक्रमण गरेको र त्यसमा मणिपुर राइफल्सका एक जवान, मणिपुर पुलिसको आईआरबी फोर्सका एक जवान र भारतीय रिजर्व बटालियन गरी ३ सुरक्षाकर्मी मारिएको जनाएको छ । गत वर्ष मे महिनादेखि मणिपुरमा बहुसंख्यक मेइती समुदाय र आदिवासी कुकी जो समुदायबीच जातीय हिंसा भइरहेको छ । पछिल्लो ८ महिनामा त्यहाँ कम्तीमा २०० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७