यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डको विजयी सुरुआत


६ माघ २०८०, शनिबार
u

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा शुक्रबारदेखि सुरु भएको क्रिकेटमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको १०६ रनको सामान्य लक्ष्य आयरल्याण्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । पहिला ब्याटिङ गरेको अमेरिकाले ४०.२ ओभरमा सवै विकेट गुमाएर जम्मा १०५ रन बनायो । अमेरिकाका लागि खुस भालाले सर्वाधिक नटआउट २२ रन बनाउँदा पर्थ पटेलले १३ रन बनाए । यसैगरी आमोग एरपलीले ११ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । अतिरिक्त १९ रन पाएको थियो ।

आयरल्याण्डका रुवेन विल्सन र ओलिभर रेलेले तीन तीन विकेट लिँदा जोन म्याकनेलीले २ विकेट लिए । १०६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डलाई जिताउन रेयन हन्टरले ५० रनको नटआउट अर्धशतकीय पारि खेल्दा फिलिपस ले रुक्सले २३ रनको नटआउट पारि खेले । यसगरी किन हिल्टन २३ रनमा आउट भएका थिए । अमेरिकाका आर्य गर्गले २ विकेट लिए । जितसँगै समूह एमा आयरल्याण्डले २ अंक बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७