कारवाही अघि बढेपछि न्यायाधीश परशुराम भट्टराईले दिए राजीनामा


७ माघ २०८०, आईतवार
parshuram bhattrai

काठमाडौं । जिल्ला न्यायाधीश परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

लामो समयदेखि न्याय परिषदममा रहेका जिल्ला न्यायाधीश भट्टराईले आफूमाथिको छानबिन नसकिंदै राजीनामा बुझाएका हुन् । जनकपुरका पेट्रोल पम्प व्यवसायी मनोज साहको हत्या मुद्दाका अभियुक्तलाई सफाइ दिएपछि उनीविरुद्ध न्याय परिषदमा उजुरी परेको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले आरोपितलाई सफाइ दिएको थियो ।

सफाइ लगत्तै फैसलाको विरोध भएको थियो । पछि न्यायपरिषदमा उजुरी परेको थियो । २०७६ कार्तिक ६ गते जनकपुस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक साहको दिउँसो गोली हानी हत्या भएको थियो । फैसला विवादित बनेपछि कामकाजबाट अलग गर्दै न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालत तानिएको थियो । न्याय परिषदले उनीमाथि अनुसन्धान गरिरहेको छ । विवादमा तानिएका भट्टराईसहित अन्य न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको छ । छानबिन समितिले अनुसन्धानको प्रतिवेदन बुझाउन नपाउँदै न्यायाधीश भट्टराईले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७