क्रिकेटको घर लर्ड्समा सन्दीपको अन्तराष्ट्रिय टी–२० डेब्यू, ब्याटिङमा नटअाउट रहे
विश्व–११ वेस्टइन्डिजसँग ७२ रनले पराजित
काठमाडौं, १७ जेठ । क्रिकेटको घर भनेर चिनिने लर्ड्स क्रिकेट मैदान, इंग्ल्याण्डमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले वेष्ट इन्डिजविरुद्ध अन्तराष्ट्रिय टी–२०मा डेब्यु गरेका छन् । इंग्ल्याण्डको लर्डस मैदानमा विश्व–११ को टोलीबाट सन्दीपले डेब्यू अन्तराष्ट्रिय टी–२० खेलमा डेब्यु गरेका हुन् । उनले उक्त खेलमा १ ओभर बलिङ गर्दै १२ रन दिएका थिए ।सन्दीप लामिछाने ।
१३औं ओभर बलिङ गर्न आएका सन्दीपले १ छक्कासहित १२ रन दिए । पहिलो बलमा दिनेश रामदिनले दोस्रोमा मोर्लिन सामुयल्सले र तेस्रो बलमा रामदिनलाई १–१ रन दिएका थिए ।
त्यसपछि सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरेका थिए । यस्तै पाँचौं बलमा उनले ३ रन लिए भने अन्तिम बलमा रामदिनले कुनै रन लिन सकेनन् ।
यस्तै सन्दीपले ब्याटिङकाे माैका पाएका छन् । उनले ५ बलमा ४ रन बनाउँदै नटअाउट रहे ।
याे पनि पढ्नुहाेस्
विश्व–११ र वेस्टबीच खेल हुँदै, सन्दीपको अन्तराष्ट्रिय टी–२० मा डेब्यु (हेर्नुहोस् LIVE)
इन्डियन प्रिमियर लिगमा सहभागिता जनाएर चर्चा कमाएका लामिछानेलाई प्रतियोगिता खेलिरहेकै समयमा आइसीसीले विश्व ११को लागि निमन्त्रणा गरेको थियो । बंगलादेशका सुपरस्टार सकिब अल हसनले व्यक्तिगत कारणका कारण उपस्थिन हुन नसक्ने बताएपछि नेपालका युवा स्टार सन्दीप लामिछानेले मौका पाएका थिए ।
लेगस्पिनरले भरिएको विश्व–११ को टोलीमा सन्दीपले १ ओभर भन्दा मौका पाएनन् । लेग स्पिनर कप्तान शाहिद अफ्रिदीले ४ ओभरमा बलिङ गरेर ३४ रन खर्चदै १ विकेट लिए । भने अर्का लेग स्पिनर रासिद खानले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।
यसैगरी सोयब मल्लिकले ३ ओभर बलिङ गर्दे ३१ रन खर्चेर १ विकेट लिए ।
विश्व–११ वेस्ट इन्डिजसँग ७२ रनले पराजित
सन् २०१६ को अन्त्यतिर आएको आँधीबेहरी कारण क्षतिग्रस्त क्यारेवियनका क्रिकेट स्टेडियमा पुन निर्माणका लागि भएको च्यारिटी खेलमा विश्व ११ वेस्ट इन्डिजसँग ७२ रनले पराजित भएको छ ।
जितका लागि २०० रनको लक्ष्य पछ्रयाएको विश्व–११ १६.४ चारमा अलआउट हुँदै १२७ रन मात्र बनाएपछि ७२ रनले पराजित भएको हो । विश्व–११का लास्ट ब्याटसम्यान ट्रयामल मिल्स भने चोट कारण ब्याटिङमा आएनन् । नेपालका सन्दीप लामिछाने ५ बलमा ४ रन बनाउँदै नटआउट रहे ।
विश्व ११ का लागि थिसरा परेराले ६१ रन जाेडन बाहेक अरूले दाेहाेराे स्काेर गर्ने सकेनन् ।
वेस्ट इन्डिजका लागि विश्व-११ लार्इ अलअाउटमा गर्ने केस्रिक विलियम्सले ३.४ अाेभर बलिङ गरेर ४२ रन दिँदै ३ विकेट लिए । यस्तै सामुयल्स बद्री र एन्ड्रे रसेलले दुर्इ-दुर्इ विकेट लिए । भने रोभमान पावेल र कप्तान कार्लोस ब्रथवेटले एक-एक विकेट लिए ।
यसअघि वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । वेष्ट इन्डिजको लागि ओपनर इभन लुइसले ५८, रामदिनले ४४ तथा सामुयल्सले ४३ रन बनाए ।
विश्व–११ का लागि अफगानिस्तानका युवा खेलाडि रसिद खानले २ विकेट लिए । भने कप्तान शाहिद अफ्रिदी र सोयब मल्लिकले एक–एक विकेट लिए ।
निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो। वेष्ट इन्डिजको लागि ओपनर इभन लुइसले ५८, रामदिनले ४४ तथा सामुयल्सले ४३ रन बनाए ।
विश्व–११ का लागि अफगानिस्तानका युवा खेलाडि रसिद खानले २ विकेट लिए । भने कप्तान शाहिद अफ्रिदी र सोयब मल्लिकले एक–एक विकेट लिए ।
ह्युरिक्यान रिलिफ टी–२० च्यालेन्ज नाम दिइएको यो खेल च्यारिटी खेल हो । उक्त खेलबाट उठेको सन् २०१६ को अन्त्यतिर आएको आँधीबेहरी कारण क्षतिग्रस्त क्यारेवियनका क्रिकेट स्टेडियमा पुन निर्माणको लागि खर्च गरिने छ ।