लुम्बिनीमा दुई पालिकाका उपाध्यक्षले खसालेनन् मत, केहिबेरमा मतगणना


११ माघ २०८०, बिहीबार
chunab lumbini scaled

रुपन्देही । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ । कुल ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

मतदानमा प्रदेशसभातर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत खसेको छ । बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्यायले मतदान नगरेको निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिएका छन् ।

दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेशसभा सदस्य र १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३ सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । केही बेरमा मतगणना थालिने उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७