बानेश्वरमा गुडिरहेको बस सडकमा भासियो


१२ माघ २०८०, शुक्रबार
bus bhasiyo

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरको सडकमा गुडिरहेको बस अचानक सडकमा भासिएको छ । आज (शुक्रबार) बिहान नयाँ बसपार्कबाट चावहिल, गौशाला हुँदै सुनधरातर्फ जान लागेको बा ३ ख ३७६२ नम्बरको बस भासिएको हो । बस सामान्य गतिमा भएका कारण यात्रुहरू भने सकुसल रहेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

Bus sadak

केहीबेर अघि मात्र चोकमा रोकेर त्यहाँसम्मका यात्रु ओराली सामान्य गतिमा गुडेको बस अचानक बीच सडकमा भासिएको हो । बसको टायरको आधा भाग सडकको पिचभित्र रही बस कोल्टे परेको छ । अहिले सो क्षेत्रमा ट्राफिक पुगी बस निकाल्नका लागि समन्वय गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७