थुनुवासँगै भागेका प्रहरी १६ वर्षपछि समातिए : एक करोड ‘डिल’, थापे ६ लाख २५ हजार


१२ माघ २०८०, शुक्रबार
police 2

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागू औषधका थुनुवा भगाएका प्रहरी जवानलाई १६ वर्षपछि पकाउ गरेको छ । कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भारतमा टयाक्सी चलाइ बसेको अवस्थामा तत्कालीन प्रहरी जवान वीरवल राय यादवलाई पक्राउ गरेको जानकारी दिइयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासत कक्षमा रहेका भारतका प्रतिवादी असरफ आलमलाई उनले भगाएका थिए । २०६४ जेठ ९ गते राति २ः३० मा प्रहरीको चिट बनाइ भगाएका थिए । फिल्ड अधिकृको कीर्ते हस्ताक्षर बनाइ प्रहरी निरीक्षकले बोलाएको भने रायले हिरासतबाट लगेका थिए । उनले हिरासत कक्षबाट बाहिर निकालेर भगाएका थिए । उनलाई भगाएदेखि फरार रहेका उपत्यका अनुसन्धान कार्यालयको विशेष टोलीले बिहीबार पूर्वी नाका काँकडभिट्टाबाट प्रकाउ गरेको हो ।

प्रतिवादी आलमसँग उनले हिरासतबाट भगाएमा एक करोड पाउने ‘डिल’ गरेका थिए । उनले सुरुमा गरेको डिल नमिल्दा १० लाखमा गरी ६ लाख २५ हजार पाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार मुद्दा चलाइने उनले जानकारी दिए ।

तत्कालीन प्रहरी जवान रायले हिरासतबाट निकाली कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौलसम्म पुर्‍याएका थिए । प्रतिवादी आलमसँग डिल गरी पाएको रकमले कोलकत्तामा दुई वटा टयाक्सी खरिद गरेका थिए । उनले हालसम्म २ टयाक्सीबाट सुरु गरेको व्यापार ९ वटासम्म पुर्‍याएका थिए । रायले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ्ग लाइसेन्स समेत प्राप्त गरेका थिए । उनी परिवारसहित भारतमा बसोबास गर्दै आएका छन् । रौतहट पथरावुधराम ३ का ४१ वर्षीय राय नेपाल प्रहरीको सेवामा २०६१ मा प्रवेश गरेका थिए । तीन वर्षमात्र प्रहरी सेवामा रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७