सिरहामा सखुवाको चिरानसहित गाडी र चालक वनको नियन्त्रणमा


१७ माघ २०८०, बुधबार
kath

सिरहा । सिरहामा सखुवाको चिरान काठ सहित काठ लोड गरिएको गाडी र चालकलाई सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । सव डिभिजन कार्यालय बन्दीपुरले कर्जन्हा नगरपालिका–१ बल्टियाबाट बुधबार बिहान एक सय क्यूविकफिट सखुवा प्रजातिको चिरान काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

सबडिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलीले कर्जन्हा नगरपालिका–१ बल्टिबाट ज १ च १५७३ नम्वरको अशोका लेल्याण्ड पिकप लोडगरी बन्दिपुरतर्फ ल्याउँदै गरको सखुवा प्रजातिको चिरान फेन्टा काठसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लाहानले जनाएको छ ।

विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्वद आबिद हुसेन नेतृत्वका वन कर्मचारीले गाडी, चालक र काठ नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए । आवश्यक कागजात खोजतलाससहित यस सम्वन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

वन कार्यालयले काठ तस्करी नियन्त्रणका लागी प्रयास गरे पनि प्रहरी प्रशासनको मौन्ताले सिरहाको चुरेक्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको स्थानियहरु बताउँछन् । यस क्षेत्रबाट तस्करहरुले प्रहरी प्रशासनलाई नजराना तिरी रातको समयमा काठ तस्करी गरी सहःमिलहरुमा पु¥याउने गरेको स्थानीयको भनाई छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७