रुसी सैन्य विमान खसाल्न प्याट्रियट प्रणाली निर्देशित मिसाइल प्रयोग


१९ माघ २०८०, शुक्रबार
missile

काठमाडौं । युक्रेनी सेनाले गत साता रुसी ११–७६ सैन्य विमान खसाल्न प्याट्रियट प्रणाली निर्देशित मिसाइल प्रयोग गरेको खुलेको छ ।

आरआइए समाचार एजेन्सीले जनाएअनसार रुसी अन्वेषकहरूका अनुसार विमान दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टी एयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्रा भेटाएका हुन् ।

विमानमा ६५ जना युक्रेनी कैदी, छ जना चालक दलका सदस्य र तीन जना साथमा सवार रहेको रुसी यातायात विमान गत हप्ता देशको बेलगोरोड क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७