आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?


२२ माघ २०८०, सोमबार
kalimati

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३५०, आभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा २२०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयाँमा कारोबार हुदाँ स्थानीय काउली ३०, लौका ६०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ४०, लोकल सेतो मूला १० र रातो मूला १५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ९०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ८० रूपैयामा खरिद बिक्री हुँदैछ भने तोरीको साग र रायोको साग ४० रुपैयाँमा खरिद बिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ११० र पुदीना ४०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ७०, चाइनिज सुकेको लसुन ३२०, हरियो लसुन ११० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी ९० र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७