चार करोड बिगो दाबी गर्दै दायर मुद्दामा ‘मिटरब्याजी’ श्याम परदेशी दम्पतीलाई सफाइ


२३ माघ २०८०, मंगलवार
shyam pradeshi

काठमाडौं । ‘मिटरब्याजी’ श्याम परदेशी नामले चिनिने श्यामकृष्ण शाह र उनकी श्रीमतीले सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ पाएका छन् । परदेशी र उनकी श्रीमती मञ्जुदेवीले विशेष अदालतबाट सफाइ पाएका हुन् ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार परदेशी र उनकी पत्नी मञ्जुदेवीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ दिएको हो । सम्पत्ति शुद्धिकरण विभागले सर्लाहीको कविलास नगरपालिका–२ का परदेशी र उनकी श्रीमतीलाई विपक्षी बनाउँदै २०७९ साउन २५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

विपन्न र सोझासिधा गाउँलेलाई झुक्याएर चर्को ब्याजमा ऋण दिने र झुक्याएरै कीर्ते तमसुक बनाउने, ऋण लिएको भन्दै पाँच गुणासम्म बढीको कागज गराएको भन्दै परदेशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । तीन करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको थियो भने सम्पत्ति शुद्धिकरण विभागले उनकी पत्नी मञ्जुदेवीलाई पनि प्रतिवादी बनाएको थियो । श्रीमतीलाई भने ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको थियो । उनीहरु दुवैले सम्पत्ति शुद्धिकरण मुद्दाबाट सफाइ पाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७