अडिसन दिएका पूर्व पति अमिरलाई किन लिइनन् किरण रावले फिल्ममा ? गरिन् खुलासा


२४ माघ २०८०, बुधबार
aamir

मुम्बइ । किरण राव निर्देशित ‘मिसिंग लेडिज’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । किरण राव र आमिर खान दुवै अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् । उनले प्रमोशनका क्रममा फिल्मसँग सम्बन्धित धेरै गोप्य खुलासा गरेको देखिन्छ । अब किरण रावले आफ्नो पूर्व पति आमिर खानले फिल्ममा रवि किशनको भूमिकाका लागि अडिसन दिएको खुलासा गरेकी छन् । तर, किरणले उनलाई यो भूमिकाका लागि कास्ट गर्न अस्वीकार गरिन् । किरणले आमिरलाई कास्ट नगर्नुको कारण पनि बताएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार किरण रावले फिल्मको कास्टिङबारे कुरा गर्दै अमिरलाई अस्वीकार गरेको खुलासा गरेकी छिन । उनका अनुसार आमिरलाई फिल्मको कथा मन परेको र फिल्ममा कास्ट गर्न चाहेको बताएका थिए । किरणले भनिन् ‘आमिरलाई यो क्यारेक्टर निकै मन परेको थियो र उनले यसको लागि अडिसन पनि दिए । तर, उनी स्टार भएकाले यो क्यारेक्टर निर्वाह गरेमा त्यो पात्रबाट धेरै आशा पलाउाला भन्ने लाग्यो । आमिरले क्यारेक्टरमा स्टार ब्यागेज ल्याउने छन् ।’

किरणले अगाडि भनिन्, ‘हामीलाई यो क्यारेक्टरका लागि उपयुक्त व्यक्ति चाहिएको थियो । त्यसका लागि रवि किशन उत्कृष्ट छन् । मलाई लाग्छ उहाँ भन्दा राम्रो कोही हुन सक्दैन, त्यसैले अमिरलाई हामीले लिएनौं ।’ मिसिङ लेडिजको कुरा गर्दा नितान्शी गोयल, प्रतिभा रन्त, स्पर्श श्रीवास्तव र छाया कदम मुख्य भूमिकामा देखिने छन् । यो फिल्म टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो र यसले स्ट्यान्डिङ ओभेसन पाएको थियो ।

अब यो फिल्म १ मार्चबाट हलमा रिलिज हुँदैछ । यो फिल्मलाई किरण रावले निर्देशन गरेकी हुन् । चलचित्रको कथाको कुरा गर्दा यो दुलही परिवर्तनको कथा हो । बेहुलाले अर्कैसँग बिहे गर्छ र अर्को बेहुली पनि उसको साथमा घर आउँछे । यो आदानप्रदान ट्रेनमा हुन्छ । त्यसपछि प्रहरी भित्रिन्छ । अब प्रहरीले असली दुलही फेला पार्न सक्छ कि सक्दैन भनेर फिल्मको प्रतिक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७