सरकारलाई रवि लामिछानेको प्रश्न : सबै थाहा रहेछ, किन काम गर्न नसकेको ?

‘संसदलाई छेड्खानीको थलो नबनाऊ’


२४ माघ २०८०, बुधबार
Rabi Lamichhane 1
तस्वीर : प्रदीपराज वन्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्तारुढ दललाई काम गर्न किन नसकेको भन्दै प्रश्न गरेका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उनले नयाँ दलले रोकेको भए कहाँ रोक्यो भन्ने जानकारी दिन आग्रह गरे ।

‘सत्तारुढ दलको कुरा सुनियो । सबै थाहा रहेछ । कहाँ बेथिति विसंगति भएको रहेछ, कहाँ सुधार गर्नुपर्ने रहेछ । नगरेको चाहिँ किन ? सबै थाहा रहेछ । रोकेको कसले ? हामी नयाँ दलले रोकेको हो त ? नयाँ दलले रोकेको भए कहाँनेर रोक्यो ?’, उनले प्रश्न गरे ।

उनले आरोप प्रत्यारोप, छेडखानी भन्दा फरक ढंगले जाने प्रस्ताव गरे । उनले ज्ञान बाँड्न आफ्नै दलतिर हेर्न आग्रह गरे । उनले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरे । उनले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताए । अदालतले फैसला गरेका व्यक्ति दलमा कायम रहेको भन्दै हेर्न आग्रह गरे ।

‘मुसहरबस्तीमा सर्वदलीय बैठक बसौं’
रास्वपा सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् । विभिन्न ठगीमा संलग्नको सम्पत्तिजफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसदमा ल्याउन उनले आग्रह गरेका हुन् । देशमा सुशासन कायम राख्ने विषयमा पनि निर्णय गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७