रौतहट पुगेका ओलीको दावी : माधव नेपालले अब कहिल्यै चुनाव जित्दैनन्


२५ माघ २०८०, बिहीबार
kp oli 2 1

रौतहट । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अब कहिल्यै चुनाव नजित्ने दाबी गरेका छन् । नेता नेपालकै गृह जिल्ला रौतहटमा आज (बिहीबार) आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले रौतहटका जनतालाई निर्वाचनका लागि तयार रहन आग्रह गरे । ‘अर्कोपल्ट माधव नेपालले जित्दैनन् । कुनै कारणले जित्दैनन् ।

अन्तका पैसा ल्याए पनि जित्दैनन् । त्यसैले अर्को निर्वाचनका लागि रौतहटका जनता तयार हुनुस्,’ उनले भने । अध्यक्ष ओलीले माधव नेपाललाई एमालेले प्रधानमन्त्री बनाए पनि आफ्नै अहंकारले ओरालोतिर लागेको बताए । ‘माधव नेपालको बारेमा धेरै भन्दिनँ । तर, बढ्ता जान्ने भएर, अहंकारी बने कसरी जाँकिन्छ भन्ने उदाहरण हुन् माधव नेपाल,’ उनले भने । उनले माधव नेपालसँग बोलचाल बन्द भएको चर्चा सुने पनि उनीसँग बोलिरहनु पर्ने कुनै कारण नभएको बताएका छन् ।

kp oli 1 1

‘समाचारमा केपी ओलीसँग माधव नेपालको बोलचाल बन्द भनेर पढें । बोलचाल बन्द हुँदा मेरो के बिग्रिन्छ । उनको केही काम पनि छैन । रौतहटका जनताले पनि बोलचाल बन्द गरे हुन्छ’, उनले भने । उनले एमालेको टिकट लिएर निर्वाचानका बेला पार्टीलाई धोका दिनेहरू पनि रौतहटमा रहेको आरोप लगाएका छन् ।

उनले प्रभु साहतर्फ इंगित गर्दै त्यस्ता मान्छेहरूबाट एमाले बच्नु पर्ने बताए । उनले मौलापुरका जनतालाई पनि एमालेमा आउन आग्रह गरे । मौलापुरमा प्रभु साहकी पत्नी रीनाकुमारी साह मेयर छिन् । एमालेबाट विजयी भएकी साहलाई कारबाही गरे पनि सर्वोच्च अदालतले उनको पद यथावत राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७