ओपोद्वारा ‘एआर-सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत


२० जेष्ठ २०७५, आईतवार
0 Shares
AR Selfie Camaign Prize distribution

 

काठमाडौं,२० जेठ । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एआर–सेल्फी कन्टेष्टका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । उपहार हस्तान्तरणका लागि ओपोको कमलपोखरी स्थित ग्राहक सेवा केन्द्रमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले पुरस्कार हस्तान्तरण गरेका थिए ।AR Selfie Camaign Prize distribution

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कम्पनीद्वारा मासिक रुपमा आयोजना गरिने सामाजिक सञ्जाल क्याम्पेनको सिरिज अन्तर्गत यो कन्टेष्टको आयोजना मेँ २१ देखि २८ सम्मका लागि आयोजना गरिएको हो । कम्पनीद्वारा भरखरै सार्वजनिक ओपो एफसेवेन सिरिजमा उपलब्ध गरिएको एआर स्टिकरको प्रचारका लागि क्याम्पेनको आयोजना गरिएको कम्पनीले बताएको छ । उपहार वितरणका लागि आयोजित कार्यक्रममा बोल्दै बबी ट्राओले भने, ‘कन्टेष्टमा उल्लेख्य सहभागिताका लागि हामी हाम्रा उपभोक्ता प्रति कृतज्ञ छौँ । हामी सबै विजेतालाई बधाईका साथै आउँदा दिनहरुमा अझ रोचक र बृहत्त क्याम्पेन समेत नेपालमा सार्वजनिक गर्ने घोषणा गरेकाे हाे । gift handover 2
निहारिक शर्मा, सुमित्रा लामा र युमिसा लामा क्याम्पेन विजेता घोषित भएका छन् । तिनलाई कम्पनीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिएको छ । क्याम्पेन अन्तर्गत कम्पनीले सहभागीलाई एआर स्टिकर प्रयोग गरिएको तिनका आकर्षक सेल्फी पोष्ट ह्याशट्याग ओपोएफसेवेन सहित कमेन्ट सेक्सनमा पोष्ट गर्न अनुरोध गरेको थियो । भाग्यशाली विजेताको छनोट कम्पनीको आन्तरिक टिमले गरेको हो ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७