१ नम्बर प्रदेशको नाम ‘किरात’ राख्न सकिन्छ : प्रधानमन्त्री ओली


२१ जेष्ठ २०७५, सोमबार
kp sharma oli

काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. १ नम्बर नाम किरात प्रदेश राख्न सकिने राख्दा उपयुक्त हुने बताएका छन् । kp sharma oli

१ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न भूमिका खेलिदिन ज्ञापनपत्र लिएर पुगेका किरात राई समुदायको साझा संगठन किरात राई यायोक्खाको टोलीलाई प्रधानमन्त्रीले किरात सभ्यता र इतिहास सबै नेपालीको भएको बताउँदै उक्त कुरा बताएको हो ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले भने,‘किरात सभ्यता र इतिहास आयातित नभएर नेपाल र नेपालीको हो, १ नम्बर प्रदेशको नाम किरात राख्न सकिन्छ ।’

उनले प्रदेशको नामकरण र स्थायी राजधानी प्रधानमन्त्रीले निर्देशन दिनेभन्दा पनि साझा सहमतिमा नाम राख्न पहल गर्नुपर्ने बताए । प्रदेशको नाम किरात राख्न आन्तरिक पहल गरिने आश्वासन समेत दिए ।

ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार यायोक्खा केन्द्रीय कार्यबाहक अध्यक्ष दिवस राई, महासचिव जीवन हाताचो राई, सल्लाहकार दुर्गा राई, चन्द्रविक्रम राई, डाक्टर शिवकुमार राई लगायतको टोली पुगेका थिए ।

यसअघि किरात राई यायोख्खाले १ नम्बर प्रदेशको नाम किरात राख्न प्रदेश सभासदस्यहरू, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका पार्टी प्रमुखहरूलाई ज्ञापनपत्र बुझाइ सकेको छ ।

यायोक्खाले प्रदेशबाट २५ लाख हस्ताक्षर संकलन गरी मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भण्डारीलाई यस अघि नै बुझाइ सकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७