‘बजारी महिलासँग सम्बन्ध राखे जस्तो अन्यत्र सहकार्य गरियो’ भनेपछि कांग्रेस महासमिति बैठकमा ‘लफडा’


१० फाल्गुन २०८०, बिहीबार
mahasamiti 1

ललितपुर । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा ‘लफडा’ भएको छ । बिहीबार बागमती र गण्डकीको संयुक्त छलफलमा धादिङबाट महासमिति सदस्य बाबुकृष्ण सापकोटा बोलेका थिए । उनले सभापति शेरबहादुर देउवा र इतर समूहका नेता शेखर कोइरालबीचको सम्बन्ध, सभापतिले देखाएको व्यवहारको आलोचना गरे ।

उनको भने, ‘गृहृलक्ष्मीलाई बेवास्ता गरियो । सभापतिबाट बजारी महिलासँग सम्बन्ध राखे जस्तो अन्यन्त्र सहकार्य गरियो ।’ सभापतिको चुनावमा पराजित भएका निकटतम् नेतालाई वरिष्ठ नेता दिने प्रचलन हटेको टिप्पणी उनको छ ।

सापकोटाले आफ्नो भनाइ राखेर मञ्चबाट बाहिरिँदै गर्दा अर्का महिला आइन् र भनिन्, ‘महिलालाई त्यस्तो भन्ने हो ? तपाईंको भनाइ फिर्ता लिनुस्, तत्काल माफी माग्नुस्,’ भनिन् । सभापतिबाट सापकोटाको सो भनाइ रेकर्डबाट हटाइएको जानकारी गराएर छलफलअगाडि बढाइयो । तर पनि हलको पछिल्लो भागमा होहल्ला भयो । उक्त विषय हल बाहिर समाधान गर्नुपर्ने अवस्था आयो । बैठक जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७