माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर हुने


१३ फाल्गुन २०८०, आईतवार
maobadi samsadiya 3 1 scaled

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज (आइतबार) बस्न लागेको हो ।

सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियान चलाउने निर्णय भए पनि कार्यविभाजन गर्न बाँकी रहेको छ । जुन आज सकाउने बुझिएको छ । साथै, माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाइ सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजाय गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७